२०८३ बैशाख ६ गते , आईतबार

माइक्रोबाट झर्दा घाइते खवासको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ पौष ७ गते , बुधबार
माइक्रोबाट झर्दा घाइते खवासको मृत्यु

बिर्तामोड । झापाको दमक नगरपालिका-४ मा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका-५ का २१ बर्षीय निर्मल खवास रहेको प्रहरीले जनाएको छ ।
हिजो राती साढे ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्‍याईएकोमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको हो । गाडी तथा चालक धनकुटा नगरपालिका-१० का २७ बर्षीय प्रेम कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।   

सम्बन्धित समाचार