२०८३ बैशाख ६ गते , आईतबार

बढी शुल्क लिएको भन्दै नोबेलका विद्यार्थी आन्दोलित

sajilo news
परिवेश मिडिया
२०७८ पौष ६ गते , मंगलबार
बढी शुल्क लिएको भन्दै नोबेलका विद्यार्थी आन्दोलित

विराटनगर विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी रकम लिएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी आन्दोलित भएका छन् कलेजले अतिरिक्त शुल्कको नाममा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा झन्डै पाँच लाख बढी रकम मागेपछि विद्यार्थी आन्दोलित बनेका हुन्

चिकित्सा शिक्षा आयोगका अनुसार होस्टल शुल्कबाहेक कलेजले अन्य रकम लिन नमिल्ने भएपनि कलेजले विद्यार्थीहरुसँग सो रकम मागेको थियो

आयोगले काठमाडौं उपत्यकाबाहिर एमबीबीएस पढ्न लाग्ने शुल्क ४४ लाख ३६ हजार रुपैयाँ तोकेको आन्दोलनरत विद्यार्थीका अनुसार कलेजले आयोगले तोकेको भन्दा थप लाख ८२ हजार रुपैयाँ शुल्क बुझाउन दबाब दिएको

कलेजले एमबीबीएसमा भर्ना हुने विद्यार्थीबाट इन्टर्नसीप बापत लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार, होस्टल शुल्क लाख ४४ हजार बुझाउन दबाब दिएको विद्यार्थीहरुको भनाइ अतिरिक्त शुल्क लिएको कागज भने आफूहरुलाई कलेजले नदिएको उनीहरु बताउँछन्

प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले चिकित्सा शिक्षा आयोगले तोकेबमोजिमको रकम जम्मा गरिसकेका छन् त्यसपछि पनि कलेजले अतिरिक्त शुल्क माग गरेपछि  विद्यार्थी अभिभावकले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई सोमबार ज्ञापनपत्र बुझाएका छन्

प्रमुख जिल्ला अधिकारी दाहालले अतिरिक्त शुल्कका विषयमा छलफल गरेर टुङ्ग्याउने बताउँदै बढी शुल्क लिएको पाइएमा कारवाही गर्ने उनले बताए

केही दिन अघि विद्यार्थीहरुले प्रदेश को सामाजिक विकास मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा समेत यस सम्बन्धमा ज्ञापनपत्र बुझाएका थिए तर ती मन्त्रालयले कुनै चासो नदेखाएपछि विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन्

विद्यार्थीका अनुसार नोबेलले साढे वर्षको होस्टल शुल्क पनि भर्ना अगावै माग गरेको मञ्जुरीनामामा होस्टलका लागि लाख ३९ हजार सय ५३ रुपैयाँ अग्रिम दिनुपर्ने उल्लेख एमबीबीएस अध्ययन गर्दा होस्टल अनिवार्य बस्नु पर्दैन नोबेलले होस्टल अनिवार्य गरेर वर्षसम्मको शुल्क अग्रिम लिन लागेको हो 

सम्बन्धित समाचार