२०८३ आश्विन १७ गते , शनिबार

झापा गापामा दोस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु

sajilo news
परिवेश मिडिया
२०७८ पौष ६ गते , मंगलबार
झापा गापामा दोस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु

शरणामती । झापा गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रदेश नं १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । झापा ६ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा शुरु भएको खेलमा आज सोमवार तीन खेल सम्पन्न भएका छन ।

दमक नगरपालिका झापा र मेचीनगर नगरपालिका झापा बिच हुने भनिएको पहिलो खेलमा मेचीनगर निर्धारित समयमा उपस्थित नभएपछि दमक नगरपालिका विजयी घोषित भएको थियो ।

त्यस्तै, दोस्रो खेल षडानन्द नगरपालिका भोजपुर र कनकाई नगरपालिका झापा बिच भएको थियो। कनकाईलाई ३–१ सेटमा हराउँदै षडानन्द विजयी भएको छ । षडानन्दले उक्त सेटमा २५–२२,२५–२० र २५–१७ को अंक ल्यायो । २०–२५ अंकको एक सेट कनकाईले फर्काए पनि हार टार्न सकेन ।

त्यस्तै, आजको अन्तिम तथा तेस्रो खेल झापा गाउँपालिका झापा र बाह्रदशी गाउँपालिका झापा बिच भएको थियो । उक्त खेलमा झापा विजयी भएको छ । झापाले ३–१ को सेटमा बाह्रदशीलाई पराजित गर्यो । झापाले जितका लागि २६–२४,२५–१० र २५–९ अंक ल्याएर तीन सेट जित्यो । बाह्रदशीले २५–२३ अंकको एक सेट फर्काएको थियो ।

आज भएका खेलमा म्यान अफ दी म्याच षडानन्द नगपालिकाका भुवन गौतम र झापा गाउँपालिका झापाका रोहित शिवाकोटी घोषित भए ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार र उप–विजेताले १ लाख नगद पुरस्कार पाउने छन् । सेमिफाइनलबाट बाहिरिने टोलीले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

सम्बन्धित समाचार