२०८३ बैशाख ६ गते , आईतबार

सुनसरीको इटहरीमा नेकपा समाजवादीको संगठन विस्तार तीब्र

sajilo news
परिवेश मिडिया
२०७८ पौष ४ गते , आईतबार
सुनसरीको इटहरीमा नेकपा समाजवादीको संगठन विस्तार तीब्र

इटहरी नेकपा एकीकृत समाजवादीले इटहरी उपमहानगरपालिका क्षेत्रमा संगठन विस्तारलाई तिब्रता दिएको पार्टीले हात हातमा कलम टोल टोलमा नेकपा एस अभियान सञ्चालनमा ल्याइएको

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले इटहरी उपमहानगर क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एसको अभियान सञ्चालनलाई तिब्रता लिँदै पार्टी संगठन निर्माण गरिरहेको इटहरी उपमहानगर इञ्चार्ज केवल फुँयालले जानकारी दिए इन्चार्ज फुयाँलले गाउँ टोलमा बसोबास गर्ने सबै तह तप्काका समुदायको नेकपा एसमा आबद्ध हुने ठुलो संख्या रहेकाले अभियान अन्तर्गत एक घर एक सदस्य बनाएर सबैलाई पार्टीको विभिन्न तहमा जिम्मेवारी दिन थालिएको बताए

इटहरी उपमहानगरमा पार्टीको चुनाव चिन्ह सबै जनतासम्म पुर्याउने हात हातमा कलम टोल टोलमा नेकपा एस अभियान सञ्चालन गरिएपछि दैनिक ठूलो संख्यामा टोल बस्तीका स्थानीयहरू पार्टीमा समावेश भई सङ्गठित हुन थालेको इञ्चार्ज फुँयालले बताए नेकपा एस इटहरीका अध्यक्ष गणेश बुढाथोकीले इटहरी क्षेत्रमा विद्यार्थी, युवा, महिला, मजदुर, खेलाडी, किसान, बुद्धिजीवी, व्यापारी, दलित, मधेसी, मुस्लिम लगायत सबै वर्गको प्रतिनिधित्व हुने गरी सङ्गठन निमार्ण अभियान सञ्चालनमा ल्याएपछि नेकपा एसमा आबद्ध हुनेको संख्या बढ्दै गएको दाबी गरे

अध्यक्ष बुढाथोकीका अनुसार विभिन्न राजनीतिक दल परित्याग गर्ने एमालेबाट विद्रोह गरी नेकपा एसमा आउने दैनिक सयौजना भएकाले सबैलाई विभिन्न जनवर्गीय सङ्गठन पार्टीको टोलदेखि माथिल्लो कमिटीसम्म व्यवस्थापन गरी जिम्मेवारी दिने गरिएको

सम्बन्धित समाचार