२०८३ बैशाख ५ गते , शनिबार

फार्मेसीको लाइसेन्स परीक्षामा जम्मा २० प्रतिशत उत्तीर्ण, गुणस्तरमा प्रश्न

sajilo news
परिवेश मिडिया
२०७८ पौष ४ गते , आईतबार
फार्मेसीको लाइसेन्स परीक्षामा जम्मा २० प्रतिशत उत्तीर्ण, गुणस्तरमा प्रश्न

काठमाडौं नेपाल फार्मेसी परिषदले लिएको १८ औँ नाम दर्ता परीक्षा (लाइसेन्स) को ब्याचलर इन फार्मेसीमा २० प्रतिशत मात्र उत्तीर्ण भएका छन् डिप्लोमा इन फार्मेसीमा उत्तीर्ण हुनेको संख्या ४६ प्रतिशत

परीक्षाका लागि डिप्लोमा इन फार्मेसीमा हजार १३५ जना ब्याचलर इन फार्मेसीमा ५७६ जनाले फारम भरेका थिए परीक्षामा अनुत्तीर्ण हुने अधिकांशजसो नयाँभन्दा पनि पुराना विद्यार्थीहरु रहेको परिषदका रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयले बताए

उनले भने, ‘फ्रेसर विद्यार्थीहरुले ठिकै गरेका छन्। तर पटक पटक परीक्षा दिइरहेका विद्यार्थीहरुको नतिजा भने सन्तोषजनक देखिएको छैन

परीक्षाको नतिजाले विद्यार्थीको पढाई फार्मेसी शिक्षाको स्तर गुणस्तर माथि प्रश्न उठेको उनले बताए चिकित्सा शिक्षा आयोग प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटिइभीटी) यो विषयमा गम्भीर हुनुपर्ने उनले बताए यो नजितापछि आफूहरुले अवस्था के भनेर उनीहरुलाई प्रतिवेदन पठाउने तयारी भएको उनले बताए

उनले भने, ‘यो नतिजाले विद्यार्थीको शिक्षा फार्मेसी शिक्षाको स्तर यसले झल्काउँछ चिकित्सा शिक्षा आयोग, सिटिइभीटी यो विषयमा गम्भीर हुनुपर्छ यो सबले फार्मेसी शिक्षाको गुणस्तरमा समस्या भनेर संकेत गर्छ

 

सम्बन्धित समाचार