२०८३ बैशाख ६ गते , आईतबार
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
बिर्तामोड । सुनसरीको गढी गाँउपालिका–५ मा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट गढी गाउँपालिका ६ का २५ बर्षीय निराजन रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राती ८ बजे को ३ त ३९ नम्बरको ट्याक्टरको डालामा ना ८ प ४३९० नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । दुर्घटनामा परि मोटरसाईकल चालक रायको घटना स्थलमै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मोटरसाईकल पछाडि सवार गढी गाउँपालिका ६ का २७ बर्षीय अक्षय राय घाईते भएको र उपचारको लागि बिराट नर्सिङ होम बिराटनगर पुर्याईएको प्रहरीले जनाएको छ । मोटरसाईकल र ट्याक्टर ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।