२०८३ बैशाख ६ गते , आईतबार

७ बर्षीया ऋषिकालाई हेल्मेट लगाएर ट्राफिक सप्ताह शुभारम्भ

sajilo news
परिवेश मिडिया
२०७८ पौष ४ गते , आईतबार
७ बर्षीया ऋषिकालाई हेल्मेट लगाएर ट्राफिक सप्ताह शुभारम्भ

बिर्तामोड सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउन झापामा ट्रफिक सप्ताह शुरु भएको आइतबार बिर्तामोडको मुक्तिचोकबाट प्रभातफेरीसँगै कार्यक्रम शुरु भएको हो

कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले बर्षीया ऋषिका भण्डारीलाई हेल्मेटलगाएर कार्यक्रमको औपचारिक उद्घाटन गरे कार्यक्रममा मन्तव्य राख्दै तिमिल्सिनाले दुर्घटना बढिजसो चालकको लापरबाहीका कारण हुने भएपनि सडक सुशासनसँग सम्बद्ध सबै पक्षले स्वामित्व ग्रहण गर्नु पर्ने धारणा ब्यक्त गरे

कार्यक्रमका अध्यक्ष जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराईले ट्राफिक नियमको पालना नहुँदा दुर्घटना हुने बताए दुर्घटना न्यूनिकरणका लागि सबैले ट्राफिक नियमको पालना गर्नु पर्नेमा जोड दिँदै कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए

शुभकामना मन्तब्य राख्दै बिर्तामोड नगरपालिका वडा नम्बर का वडाध्यक्ष राजेन्द्र लिङ्देनले दुर्घटना न्यूनिकरणका लागि आम नागरिकको समान दायित्व हुने बताए

कार्यक्रममा अटो छाता संगठनका कोषाध्यक्ष  हरी बास्कोटा, नेपाल राष्ट्रिय यातायात ब्यवसायी संघ जिल्ला समन्वय समिति झापाका संयोजक टंक दवाडी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतले स्वागत मन्तब्य राखेका थिए

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निषेश चापागाईंले स्वागत गरेको कार्यक्रममा श्री नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमरजङ्ग थापा, सशस्त्र प्रहरी बल नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक रमेश पाण्डे, राष्ट्रिय अनुसन्धान झापाका उपअनुसन्धान अधिकृत तिलक प्रसाईं, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्य लगायतको उपस्थिति रहेको थियो

प्रदेश नम्बर को आन्तरिक मामिला तथा कानून मन्त्रालय बिराटनगर प्रदेश ट्राफिक प्रहरी कार्यालय बिराटनगरको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय झापाको संयोजनमा कार्यक्रम भएको हो

ट्राफिक सप्ताह कार्यक्रम प्रदेशभर साताव्यापी रुपमा पुष १० गतेसम्म संचालन हुनेछ

सम्बन्धित समाचार