२०८३ बैशाख ६ गते , आईतबार

सरकार, न्यायालय तथा राजनीतिक दलसँग राप्रपा अध्यक्ष लिङ्देन असन्तुष्ट

sajilo news
परिवेश मिडिया
२०७८ पौष ३ गते , शनिबार
सरकार, न्यायालय तथा राजनीतिक दलसँग राप्रपा अध्यक्ष लिङ्देन असन्तुष्ट

बिर्तामोड राप्रपा नेपालका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार, न्यायालय तथा राजनीतिक दलसँग असन्तुष्टि व्यक्त गरेका छन् आज गृहनगर झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै नेता लिङ्लेनले त्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन

सरकार सरकार जस्तो छैन, न्यायालय न्यायालय जस्तो छैन,’ अध्यक्ष लिङ्देनले भने,‘त्यो सञ्चालन गर्ने राजनीतिक दलपनि दल जस्तो छैन नेता लिङ्देनले राजालाई गाली गरेर राजनीति गर्ने दिन सकिएको बताए कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेकाहरुलाई नेता लिङ्देनले स्वागत गरेका थिए

राप्रपा नेपालको भर्खरै काठमाण्डौमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृहनगर झापा आएका लिङ्देनलाई बुवा चेलीबेटीले लिम्बु संस्कारअनुसार स्वागत गरेका थिए अध्यक्ष निर्वाचित भएपछि पहिलो पटक भद्रपुर विमानस्थलबाट सयौँ शुभेच्छुक तथा कार्यकर्ताको स्कर्टिङ्मा कार्यक्रमस्थल आएका लिङ्देनले बुवालाई ढोगेका थिए यस अघिका कार्यक्रमभन्दा यसपटक कार्यकर्ताहरुमा भिन्दै उत्साह देखिन्थ्यो

पार्टीका झापा अध्यक्ष केशवप्रसाद ओझाको अध्यक्षता र बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेलले सञ्चालन गरेको कार्यक्रममा निमसरी राजवंशी, राम थापा, सगुनसुन्दर लावती, अमर विष्ट लगायतले स्वागत मन्तव्य राखेका थिए अध्यक्ष लिङ्देन केहि दिन झापामा रहने बताइएको     

सम्बन्धित समाचार