२०८३ आश्विन १७ गते , शनिबार

झापामा २२औँ अन्तर्राष्ट्रिय कामदार दिवस मनाइयो

sajilo news
परिवेश मिडिया
२०७८ पौष ३ गते , शनिबार
झापामा २२औँ अन्तर्राष्ट्रिय कामदार दिवस मनाइयो

बिर्तामोड । अन्तरक्रियात्मक कार्यक्रमका साथ झापामा २२ औं अन्तर्राष्ट्रिय कामदार दिवस मनाइएको छ । झापाको विर्तामोडमा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम गरी कामदार दिवस मनाइएको हो ।

झापामा सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन गरिरहेको बिर्तामोडस्थित विराट सामुदायिक अध्ययन केन्द्रको आयोजनामा आज भएको अन्तरक्रिया कार्यक्रममा खाडी मुलुकहरुमा रोजगारीमा जाने नेपाली युवाहरुले भोग्दै आएका समस्या तथा वैदेशिक रोजगारीमा जानुपूर्व अपनाउनुपर्ने सावधानीहरुका बारेमा चर्चा गरिएको थियो ।

परियोजना संयोजक फणिन्द्रप्रसाद दाहालले अन्तर्राष्ट्रिय आप्रवासन दिवस बारे जानकारी गराएका थिए । उनले नेपालमा यो क्षेत्रमा रहेका नकारात्मक र सकारात्मक पक्ष बारे चर्चा गर्दै यसमा रहेका नकारात्मक पक्षलाई न्यूनिकरण गर्न सुरक्षित आप्रवासन परियोजनाले गर्दै गरेका कार्यबारे जानकारी गराएका थिए ।

कार्यक्रममा मेची क्याम्पसका सह–प्राध्यापक विनोद गौतमले नेपालमा वैदेशिक रोजगारीको इतिहास, यसका अन्तरनिहीत पक्षको विश्लेषण गर्दै वैदेशिक रोजगारीमा जान चाहनेले सीप तथा वित्तीय साक्षरताको ज्ञान लिनुपर्ने बताए ।

कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन परियोजनाबीचको सहकार्य र यसको प्रभावकारीता बारे चर्चा गर्दै टोलटोलसम्म सूचना पुर्याउन आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार