२०८३ बैशाख ६ गते , आईतबार
पछिल्लो २४ घण्टामा १८९ संक्रमित थपिए, २ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १८९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ५ हजार ४८३ पीसीआर र २ हजार ५१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ६०३ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ४२८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ६०३ पुगेको छ ।
उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन् । १०६ जना आइसीयू र २४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।