२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडमा बसले मोटरसाइकललाई ठक्करदिँदा एकै परिवारका तीन जना घाइते

sajilo news
परिवेश मिडिया
२०७८ पौष ३ गते , शनिबार
बिर्तामोडमा बसले मोटरसाइकललाई ठक्करदिँदा एकै परिवारका तीन जना घाइते

बिर्तामोड । झापाको बिर्तामोडमा शनिबार बिहान भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडको आँखा अस्पताल अगाडि साढे ८ बजे यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

प्रदेश १- ०१-००१६-३९२२ नम्बरको बसले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्न लागेको मे ११ प ६२४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा इलामको माइ नगरपालिका-७ घर भई बिर्तामोड-२ मा डेरा गरी बस्ने चन्द्रबहादुर राई, उनकी श्रीमती माया तामाङ र चार वर्षीय छोरा प्रशान्त राई घाइते भएका छन् ।

घाइतेहरु मध्ये माया तामाङ गम्भीर रहेको र बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए । घाइते तामाङको अवस्था खतरामुक्त रहेको बुझिएको छ । खड्काका अनुसार अन्य दुई जनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस चालक झापा बिर्तामोडका बाेधराज प्रसाईंलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार