२०८३ बैशाख ६ गते , आईतबार

माओवादी केन्द्र प्रदेश १ को सचिवमा नेता कडरियाको दाबी

sajilo news
परिवेश मिडिया
२०७८ पौष १ गते , विहीबार
माओवादी केन्द्र प्रदेश १ को सचिवमा नेता कडरियाको दाबी

बिर्तामोड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नं. को सचिवमा झापाली युवा नेता सिपी कडरियाले आफ्नो दाबी पेश गरेका छन्

परिवेशसँगको कुराकानीमा नेता कडरियाले प्रदेश सचिवको आफू बलियो उम्मेदवार रहेको बताए अध्यक्षको दावी गरिरहेका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो हर्कबहादुर नेम्बाङसँगै आफुपनि पार्टीको क्षेत्रीय व्युरो सदस्य भएको बताउँदै कडरियाले सचिव पदका लागि अन्य आकांक्षीभन्दा आफु बलियो उम्मेदवार भएको दाबी पेश गर्छन् । सशस्त्र संघर्ष कै क्रममा कडरिया २०६० सालमा नेकपा माओवादीको इलाम सेक्रेटरी भएका थिए २०६१ सालमा पार्टीको क्षेत्रीय व्युरो सदस्य भएका उनी पार्टीभित्र उदियमान प्रतिभाशाली युवा नेताको रुपमा परिचित छन् कडरिया राजनीतिसँगै सामाजिक व्यवसायीक रुपमा स्थापित सफल व्यक्तित्व हुन्

पदाधिकारी चयनका लागि गठित कार्यदलले सार्थक सहमतिबाटै पदाधिकारी टुङ्गो लगाउनेमा कडरिया विश्वास छन् तर, सहमतिबाट पदाधिकारीको चयन हुन नसके अन्तिम विकल्पको रुपमा प्रक्रियासम्म जान पार्टीले रोक्न नहुने उनको धारणा सहमतिबाटै पदाधिकारी चयन हुनुपर्ने बताउँदै कडरियाले यदि त्यसो नभए चुनावसम्म जान आफू तयार रहेको बताए  पार्टीको विचार भूगोल राम्रोसँग बुझेका कडरिया सचिवमा आफ्नो जित निश्चित हुनेमा विश्वस्त देखिन्छन्

प्रदेश समितिको सचिवमा मोरङका गणेश उप्रेतीले पनि दाबी पेश गरेका छन्

नयाँ नेतृत्व छनौटका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश का सहइन्चार्ज अजम्बर काम्बाङको नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो हेमराज भण्डारी रहने गरी कार्यदल गठन भएको उक्त कार्यदलले प्रदेश समितिको आगामी गते बस्ने बैठकमा प्रस्ताव पेश गर्ने जिम्मा पाएको

माओवादीको सय ७१ सदस्यीय प्रदेश समितिले सदस्यीय पदाधिकारी चयन गर्नेछ माओवादी केन्द्रको विधान अनुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव कोषाध्यक्षसहित सदस्यीय पदाधिकारी रहने छन्

सम्बन्धित समाचार