२०८३ बैशाख ६ गते , आईतबार

कांग्रेस महामन्त्रीको मतगणना जारी, मिनेन्द्र रिजालद्वारा रक्षामन्त्रीबाट राजिनामा घोषणा

sajilo news
परिवेश मिडिया
२०७८ पौष १ गते , विहीबार
कांग्रेस महामन्त्रीको मतगणना जारी, मिनेन्द्र रिजालद्वारा रक्षामन्त्रीबाट राजिनामा घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा जारी छ । प्रतिस्पर्धामा गगनकुमार थापा पहिलो स्थानमा रहेका छन ।

२७२० मत गणना हुँदा गगनले १७७५ मत पाएका छन् । त्यस्तै विश्वप्रकाश शर्माले ११०९, डा. प्रकाशशरण महतले ८९९, प्रदीप पौडेलले ८१९ र राजाराम कार्कीले ६७ मत पाए ।

महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र डा. मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की उम्मेदवार थिए ।

कांग्रेसमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
यता मत परिणाममा पछाडी परेपछि महामन्त्री पदका उम्मेदवार  रक्षामन्त्री डा. मिनेन्द्र रिजालद्वारा पदबाट राजिनामा दिने घोषणा गरेका छन। रिजालले सामाजिक संजालमा लेख्दै अन्तिम मतपरिणाम आउने बित्तिकै राजिनामादिने बताएका छन ।

सम्बन्धित समाचार