२०८३ बैशाख ५ गते , शनिबार

कोरोना विरुद्धको खोप आउने क्रम जारी, तीन दिनभित्रमा करिब ४० लाख डोज आइपुग्ने

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २९ गते , बुधबार
कोरोना विरुद्धको खोप आउने क्रम जारी, तीन दिनभित्रमा करिब ४० लाख डोज आइपुग्ने

काठमाडौं नेपालमा कोभिड १९ विरुद्धको खोप आउने क्रम जारी आज थप १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको कोभ्याक्स सुविधा मार्फत आज भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप आइपुगेको हो

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले कोभ्याक्स अन्तर्गत आज उक्त खोप आएको जानकारी दिए

थापाका अनुसार भोलि पर्सी गरी २१ लाख ७६ हजारलाख डोज कोरोना विरुद्धको खोप  जोन्सन एन्ड जोन्सन नेपाल आउने भएको

उनका अनुसार भोलि बिहान ७:४५ बजे लाख १९ हजार ६५० डोज आउने बाँकी  १४ लाख ५७ हजार डोज खोप पर्सी आउने थापाले बताए खोप युनिसेफ मार्फत नेपाल आउन लागेको हो

यसअघि अमेरिकाले कोभ्याक्स मार्फत  करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो

जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ अन्य खोप भने दुई डोज लगाउनु पर्छ

सम्बन्धित समाचार