२०८३ बैशाख ६ गते , आईतबार
कांग्रेस उपसभापतिको मतगणना आजै
काठमाण्डौ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिका उम्मेदवारको मतगणना आजै हुने भएको छ । मतगणनाका लागि प्रतिनिधिलाई बोलाइएको छ । पार्टी कार्यालय सानेपामा मतगणनाको तयारी थालिएको छ । उपसभापतिको मतगणनापछि महामन्त्रीको गणना हुने निर्वाचन समितिले जनाएको छ । प्रतिनिधिहरु आइसकेपछि तत्काल गणना सुरु हुने निर्वाचन समितिका जगन्नाथ श्रेष्ठले बताए ।
उपसभापतिका लागि ७ जना प्रतिष्पर्धी रहेका छन् । । देउवा प्यानलबाट विजय गच्छदार र पूर्णबहादुर खड्का, कोइराला प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, सिंहको प्यानलबाट सुजाता कोइराला र निधिको प्यानलबाट दिव्येश्वरी शाहले उपसभापतिमा प्रतिष्पर्धा गरेका छन । उपसभापतिमा महेश आचार्य पनि प्रतिष्पर्धामा छन् ।