दास्रो चरणमा कसलाई सघाउने भन्ने बिषयमा सिंह र निधिबिच छलफल
काठमाण्डौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कसैले स्पष्ट बहुमत नल्याएपछि सभापति छान्न दोस्रो चरणको मतदान हुने भएको छ ।
दोस्रो चरणमा चुनाव जित्नका लागि पहिलो चरणमा धेरै मत ल्याउने उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाले तेस्रो र चौथो मत ल्याउने प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग मिल्नु पर्ने बाध्यता हुन्छ ।
पहिलो चरणमा चौथो बढी मत पाएका निधिले कसलाई सहयोग गर्ने भन्नेबार सिंहसँग छलफल गरेपछि निर्णय गर्ने बताएका छन् ।
उनको सचिवालयका अनुसार सिंह र निधिबीच टेलिफोनमा कुराकानी भइसकेको छ । केहीबेरमा उनीहरूले भेटेर यसबारेमा छलफल गर्ने जनाइएको छ ।
सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाले सिंहसँग सहकार्यको प्रस्ताव गरिसकेका छन् । नेता बालकृष्ण खाणले सिंहलाई उनको निवास चाक्सीबारीमा भेटेका छन् । सिंहले भने आफ्नो समूहमा छलफल गरेर निर्णय गर्ने बताएका छन् ।
यता निर्वाचन समितिले मतपत्र तयार पारेर चाँडै दोस्रो चरणको निर्वाचन गराउने जनाएको छ ।