२०८३ बैशाख ६ गते , आईतबार

कांग्रेस मतगणना जारी, देउवाको अग्रता कायमै

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २८ गते , मंगलबार
कांग्रेस मतगणना जारी, देउवाको अग्रता कायमै

काठमाडौं नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै

हालसम्म हजार ७७ मत गणना भएको , जसमा देउवाले १४६५ मत पाएका छन् अर्का उम्मेदवार शेखर कोइरालाले ११३१ मत पाएका छन् प्रकाशमान सिंहले २५० विमलेन्द्र निधिले १७३ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन्

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ आइतबार भएको मतदानमा हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ

कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ

सम्बन्धित समाचार