२०८३ बैशाख ६ गते , आईतबार
नेकपा एमालेले सातवटै प्रदेश इञ्चार्ज तोक्यो, १ नम्बरमा घिमिरे
काठमाडौं । नेकपा एमालेले पार्टीका सातवटै प्रदेशको इन्चार्ज तोकेको छ । प्रदेश १ को इञ्चार्जमा देवराज घिमिरेलाई तोकेको छ ।
आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी तोकेको छ ।
यस्तै गण्डकी इन्चार्जमा पद्मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट छन् ।