२०८३ बैशाख ६ गते , आईतबार

माओवादी केन्द्र प्रदेश १ को अधिवेशन शुरु

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २५ गते , शनिबार
माओवादी केन्द्र प्रदेश १ को अधिवेशन शुरु

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को प्रथम अधिवेशन मोरङको विराटचोकमा सुरू भएको छ ।

प्रदेशभरीका झण्डै १५ सय प्रतिनिधि अधिवेशनमा सहभागी छन् । माओवादीले देशभरका ७ वटा भूगोल प्रदेश समिति र २ वटा एशोसियट प्रदेश समितिको अधिवेशन आज एकैदिन गर्न लागेको हो ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ भने आगामी कार्यदिशाबारे बहस गर्दै निष्कर्ष निकाल्ने सो पार्टीले जनाएको छ । प्रदेश १ समिति २५९ सदस्यीय हुनेछ भने उक्त समितिले पदाधिकारी चयन गर्नेछ । प्रदेश १ माओेवादीको अध्यक्षका लागि सुरेशकुमार राई हिमाल, हेमराज भण्डारी र ईन्द्रबहादुर आङ्बोलगायतले आकांक्षा राखेको जनाईएको छ ।

प्रदेश अधिवेशनबाट पार्टीको विधानअनुसार ९ जना पदाधिकारी चयन हुनेछ । जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन् ।

पार्टी विधानअनुसार अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकारसम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ । अधिवेशन दुईदिनसम्म चल्ने जनाईएको छ ।

सम्बन्धित समाचार