२०८३ आश्विन १७ गते , शनिबार

अवैध काठसहित दुई जना नियन्त्रणमा

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २४ गते , शुक्रबार
अवैध काठसहित दुई जना नियन्त्रणमा

बिर्तामोड । प्रहरीले अबैध काठसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । विहिबार सखुवा जातको अवैध काठ ल्याउँदै गरेको अवस्थामा कुमार बोहोरा र बालकृष्ण गौचनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुलाई विहिबार सवा ४ बजे अर्जुनधारा ५ ओमचोकबाट मे १ च २९५० नम्बरको गाडीसहित शनिश्चरेबाट खटिएको प्रहरीको गस्ती टोलीले शंका लागि चेक जाँच गर्दा अवैध काठसहित बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । गाडीमा ८३ थान चौकट र २ थान झ्यालको पल्ला परालले छोपेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको डिएसपी पाठकले बताए ।

बरामद काठ, गाडी र गाडी चालक बुद्धशान्ति–२ जयपुर बस्ने बर्ष ३० को बोहोरा र सह–चालक ५२ वर्षीय गौचनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी मार्फत आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय सुरुङ्गामा पठाइएको प्रवक्ता पाठकले जानकारी दिए ।

सम्बन्धित समाचार