२०८३ बैशाख ६ गते , आईतबार

दुर्गाप्रसादलाई ८ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २३ गते , विहीबार
दुर्गाप्रसादलाई ८ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

इलाम भारतीय जेलमा बिना सुनुवाई ४० वर्षसम्म राखिएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन अदालतले आदेश दिएको कलकत्ताको उच्च अदालतले त्यस्तो आदेश दिएको हो  

न्यायाधीशद्वय प्रकाश श्रीवास्तव राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई पाँच लाख (आठ लाख नेपाली रुपैयाँ) तत्काल क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो अदालतले उक्त रकम साताभित्र तिम्सिनाको खातामा पठाइसक्न भनेको उनका पक्षमा वकालत गर्दै आएका अधिवक्ता हिरक सिन्हाले जानकारी दिए

तिम्सिनालाई  जेलबाट छुटाउन महत्वपूर्ण भूमिका खेलेका पश्चिम बंगाल एमेच्योर रेडियो क्लबका सचिव अम्बरिश नाग विश्वासले अदालतको फैसला सकारात्मक भएको बताए

पश्चिम बंगालस्थित एक चिया बगानमा कामगर्दै गरेको अवस्थामा हत्या अभियोगमा ४० वर्षअघि पक्राउ परेका तिम्सिनालाई  गत वर्ष चैतसम्म पश्चिम बंगालका विभिन्न जेलहरूमा राखिएको थियो बिना सुनुवाइ जेलमा राखिएका तिम्सिनालाई कलकत्ता उच्च अदालतले गत वर्ष रिहा गर्न आदेश दिएसँगै उनी नेपाल ल्याइएका थिए

चार दशक लामो जेल जीवन बिताएका तिम्सिनाको मानसिक स्वास्थ्यमा समस्या उनको घरमा आर्थिक अवस्था समेत कमजोर परिवार समाजसँग घुलमिल हुन उनलाई समस्या भएपछि केही महिनाअघि उनलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको उनका भतिजा गोपाल तिम्सिनाले जानकारी दिए  

सम्बन्धित समाचार