२०८३ बैशाख ६ गते , आईतबार

निर्माण व्यवसायी संघ इलामको अधिवेशन आजबाट शुरु

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १९ गते , आईतबार
निर्माण व्यवसायी संघ इलामको अधिवेशन आजबाट शुरु

इलाम । निर्माण व्यवसायी संघ इलामको नवौँ जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । आजबाट शुरुहुने अधिवेसनले नेतृत्वसमेत चयन गर्ने बताइएको छ ।

संघको नेतृत्वका लागि पाँच जना आकांक्षी देखिएका छन । अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी घोषणा गरिसकेका छन । वर्तमान अध्यक्ष सुभाष चिपालु फेरी अध्यक्षमा दोहोरिन चाहन्छन भने संघका पूर्वअध्यक्ष राजकुमार भक्तराज पनि अध्यक्षका अर्का आकांक्षी हुन् । त्यस्तै सन्तोष कटुवालले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर निर्माण व्यवसायीसँग लबिङ बढाएका छन् । अध्यक्षकै लागि खनाल कन्स्ट्रक्सनका डिल्लीराम खनालले पनि उम्मेदवारी घोषणा गरेका छन् । अर्का युवा व्यवसायी सुमन श्रेष्ठपनि अध्यक्ष पदका लागि आकांक्षी रहेको बताइएको छ ।

नेतृत्वका लागि धेरै जना आकांक्षी भएपछि निर्माण व्यवसायी वृत्तमा चुनावी सरगर्मी बढेको छ । आइतबार उद्घाटन कार्यक्रमपछि व्यवसायी संघको पदाधिकारी र कार्यसमिति सदस्य चयनको लागि मनोनयन दर्ताको कार्यक्रम रहेको छ । आइतबार सर्वसम्मत रूपमा नेतृत्व चयन नभए सोमबार मतदान हुनेछ । अध्यक्षसहित पदाधिकारीमा धेरै आकांक्षी देखिएकाले सर्वसम्मत रूपमा नेतृत्व चयन हुनेसम्भावना कम रहेको स्रोत बताउँछ । संघमा इलामका २२० जना निर्माण व्यवसायी आवद्ध छन् ।

इलामको सिटी हलमा १२ बजेदेखि शुरु हुने कार्यक्रम उद्घाटनका लागि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह आउने सचिव विरेन्द्र कार्कीले जानकारी दिए । 

 

 

सम्बन्धित समाचार