२०८३ बैशाख ६ गते , आईतबार

राप्रपा अध्यक्षमा झापाली नेता लिङ्देन विजयी

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १९ गते , आईतबार
राप्रपा अध्यक्षमा झापाली नेता लिङ्देन विजयी

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन

अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई २२७ मतान्तरले पराजित गरेका हुन थापाले जम्मा एक हजार सय १७ मत ल्याएका थिए चार सय १३ मत बदर भएको थियो राप्रपाको कुल ४३७९ जना मतदातामध्ये ३८७३ मत खसेको थियो

लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए

निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै विजयी लिङ्देनलाई कमल थापाले बधाई दिएका छन उनले एक ट्वीट गर्दै बधाई दिएका हुन प्रजातान्त्रिक मूल्य मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना। प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु, थापाले लेखेका छन

थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन्।

पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु, उनले भनेका छन्, ‘मैले राहत उन्मुक्ति पाएको छु

लिङ्देन झापा निवासी हुन उनी राप्रपा नेपालको तर्फबाट एकमात्र प्रतिनिधी सभा सदस्य हुन उनले झापा क्षेत्र नम्बर बाट नेकपा एमालेसँग गठबन्धन गरी प्रतिनिधी सभा सदस्यमा जितेका थिए  

राप्रपामा नेतृत्व परिवर्तनको बहस चलेसँगै युवा नेता लिङ्देनको पक्षमा अधिकांश नेताहरुको समर्थन रहेको थियो

सम्बन्धित समाचार