२०८३ बैशाख ६ गते , आईतबार

मलद्वारमा लुकाएर लागू औषध ल्याउने पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १७ गते , शुक्रबार
मलद्वारमा लुकाएर लागू औषध ल्याउने पक्राउ

बिर्तामोड । मलद्वारमा लुकाएर लागू औषध ल्याउँदै गरेको अवस्थामा शुक्रबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रबार मेचीनगर ४ बस्ने ३७ बर्षीय सम्बरबहादुर आले मगरलाई सोहि वडाको राईसिङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बाहुण्डाँगीबाट खटिएको प्रहरी टोलीले ४:५५ बजे मगर सवार डब्लुबी ७४ एके ६०९९ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा मगरले मलद्वारमा लुकाएर ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने पदार्थ १४ ग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए । पक्राउ परेका मगरलाई काँकरभिट्टा प्रहरी चौकीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार