सवारी दुर्घटना हुँदा बिर्तामोड ९ का सम्पत राजवंशीको मृत्यु
बिर्तामोड । झापाको बिर्तामोड ३ आँखा शिविर नजिकैको पेट्रोल पम्प अगाडी सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट बिर्तामोड ९ का ४३ बर्षीय सम्पत राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विहिबार दिउँसो ३ बजे बिर्तामोडबाट भद्रपुर तर्फ जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई र विपरित दिशाबाट आएर पेट्रोल पम्प तर्फ मोडिँदै गरेको मे १ क ७८६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक राजवंशी र मोटरसाइकलको पछाडी सवार सोहि स्थान बस्ने ३१ बर्षीया शान्ता कार्की घाइते भएका थिए । घाइतेद्वयलाई उपचारको क्रममा बिएण्डसी अस्पताल लगिएकोमा अस्पताल पुर्याउने बित्तिकै राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
ट्रक र चालक भद्रपुर १० का ३६ बर्षीय गंगा तामाङलाई इलाका प्रहरी चौकी अनारमनीले नियन्त्रणमा लिएको जनाईएको छ ।