२०८३ बैशाख ६ गते , आईतबार

रोकिएन शेयर मार्केट घट्ने क्रम, २५०० को बिन्दुमा झर्यो

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १६ गते , विहीबार
रोकिएन शेयर मार्केट घट्ने क्रम, २५०० को बिन्दुमा झर्यो

काठमाण्डौ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर घटेर २५ सय बिन्दुको अंकमा आइपुगेको नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षापछि निरन्तर घट्दै आएको नेप्सेको गिरावट क्रम आज पनि रोकिएन जससँगै परिसूचक २५ सय ८४ अंकमा आइपुगेको हो

कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक बन्द हुँदासम्म ४९ अंकले ऋणात्मक रह्यो बजार घटेको दिन आज साताको अन्तिम दिन कारोबार रकममा पनि चमक देखिएन कारोबार अवधिभर जम्मा ७९ लाख कित्ता सेयर खरिद बिक्री भएर अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको

करिब ५० अंकको गिरावट आएको दिन कारोबार भएका १३ वटै समूहमा गिरावट आएको घटेकामध्ये निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २४५ अंकको, जीवन बीमा समूहमा २३० विकास बैंक समूहमा १८९ अंकको गिरावट आएको यस्तै, आज उत्पादनमूलक १४५ अंकले, वित्त समूहमा ७५ अंक, होटल टुरिजम समूहमा ६२ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको

बजार घटेपनि आज सामलीङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको जससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले बढे ५०७ रुपैयाँ पुगेको यस्तै, न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४१३ रुपैयाँ पुगेको

सम्बन्धित समाचार