२०८३ बैशाख ६ गते , आईतबार

नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन आजबाट शुरुहुँदै

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १६ गते , विहीबार
नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन आजबाट शुरुहुँदै

बिराटनगर नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नम्बर प्रदेशको प्रदेश अधिवेशन आजबाट शुरु हुँदैछ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अधिवेशन आयोजक समितिले जनाएको

आज उद्घाटन हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अधिवेशन आयोजक समिति संयोजक नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले जानकारी दिए प्रचार समितिका संयोजक राजीव कोइरालाले दिएको जानकारी अनुसार विराटनगर अस्पताल नजिकैको खुला मैदानमा आज बजे अधिवेशन उद्घाटन हुनेछ

अधिवेशनको तयारीको बिषयमा बुधबार बसेको बैठकले नेपाली काँग्रेस प्रदेश नम्बर को अधिवेशन आयोजक समितिको सम्पर्क कार्यालय मोरङ काँग्रेसको कार्यालयमा खोल्ने, प्रदेश अधिवेशन प्रतिनिधिको नामावली दर्ता बिहीबार पार्टी कार्यालयमा सुरु गर्ने, शुक्रवार बिहान बजेदेखि बजेसम्म मोरङ पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गर्ने त्यही दिन अन्तिम नामावली प्रकाशन गर्ने निर्णय भएको कोइरालाले बताएका छन

प्रदेश पदाधिकारी चयन गर्न विराटनगर अस्पताल छेउको मैदानमा शनिवार बिहान बजेदेखि चुनावी प्रक्रिया सुरु हुनेछ चुनावमा एक हजार सय प्रदेश प्रतिनिधिहरूले मत खसाल्ने छन् जसमा शुभेच्छुक संस्थाबाट १७ भातृ सङ्गठनका प्रतिनिधि १३ ले समेत मत खसाल्न पाउने छन

काँग्रेसको प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सहमहामन्त्री एक महिलासहित, हरेक जिल्लाबाट महिला १४ खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट महिला १३ खुला सदस्य, खस आर्यबाट महिला खुला , जनजातिमा महिला खुला , मधेसी महिला एक खुला एक, दलित महिला एक खुला दुई, थारुतर्फ महिला एक खुला एक, मुस्लिममा खुला एक, अल्पसङ्ख्यक अपाङ्गमा एक सदस्य पदका लागि निर्वाचन हुने बताइएको

सम्बन्धित समाचार