एमाले केन्द्रीय सदस्यमा मेचीबाट दुई पदाधिकारी सहित २४ जना
बिर्तामोड । भर्खरै सम्पन्न नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनबाट दुई पदाधिकारी सहित मेची अञ्चलका २४ जना केन्द्रीय सदस्य भएका छन । उपाध्यक्षमा इलामका सुवासचन्द्र नेम्वाङ र सचिवमा ताप्लेजुङका योगेश भट्टराई निर्वाचित भएका हुन ।
अन्य सदस्यहरुमा ताप्लेजुङबाट टंक आङ्बुहाङ, तिलककुमार मेन्याङ्बो, पासाङ शेर्पा र उर्मिला थेवे रहेका छन् । पाँचथरबाट पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ, पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्यद्वय डम्बरसिंह सम्बाहाम्फे र श्रीप्रसाद जबेगू तथा संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ रहेका छन ।
त्यसैगरि इलामबाट प्रदेश सभा सदस्य राम राना सदस्यमा मनोनित भएका छन ।
मेची अञ्चलबाट सबैभन्दा धेरै केन्द्रीय कमिटीमा झापाका सदस्य रहेका छन । झापाबाट ४ जना महिलासहित १३ जना केन्द्रीय सदस्य बनेका छन । महिला नेतृहरु सुनिता बराल, गीता अधिकारी, मीना उप्रेती र मेनुका काफ्ले रहेका छन भने अन्य सदस्यहरु देवराज घिमिरे, अग्नी खरेल, रबिन कोइराला, हिक्मत कार्की, देबेन्द्र दाहाल, रोमनाथ ओली, जीतबहादुर दर्जी, गोविन्द थापा र हरी राजवंशी रहेका छन ।