युनियन लाइफ बुद्धशान्तीद्वारा ओली सम्मानित
बुधबारे । युनियन लाइफ इन्स्योरेन्स कम्पनी बुद्धशान्ती शाखाद्वारा अभिकर्ता सबिता ओली सम्मानित भएकी छिन । ओलीले कम्पनीमा एमडीआरटी उपाधी हासिल गरेकाले कम्पनीले सम्मान गरेको हो ।
ओलीले बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय उपाधीको रुपमा रहेको मिलेनियम डलर राउण्ड टेबल (एमडीआरटी) २०२१ भर्खरै प्राप्त गरेकी थिइन । बीमा ब्यवसायमा आफ्नो ब्यक्तिगत कोडमा यो अंग्रेजी बर्षमा ३४ लाख ९८ हजार ३०० रुपैँया प्रथम बीमा शुल्क जम्मा गरे पश्चात यो उपाधी प्राप्त हुने कम्पनीका सहायक महाप्रबन्धक तथा प्रदेश १ का प्रमुख भुपराज पराजुलीले बताए । ओली बीमा ब्यवसायको क्षेत्रमा बुद्धशान्तीकै पहिलो महिला भएको शाखा प्रमुख ओम खतिवडाले जानकारी दिए ।
गत आर्थिक बर्षमा प्रदेश १ मा एकजना सीओटी सहित ३७ जना र समग्र युनियन लाइफमा कार्यरत २८३ जनाले यो उपाधी हासिल गरेको प्रदेश प्रमुख पराजुलीले जानकारी दिए । यो बर्ष एमडीआरटी हासिल गर्नेहरुको बैठक २०२२ को जुन २६ देखि २७ तारिखमा अमेरिकाको बोष्टनमा हुने कम्पनीले जनाएको छ ।