२०८३ बैशाख ६ गते , आईतबार

सहमति विपरित प्यानल बनाएर एमालेको मतदान हुँदै

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १४ गते , मंगलबार
सहमति विपरित प्यानल बनाएर एमालेको मतदान हुँदै

चितवन नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सौराहास्थित होटल सेभेनस्टार परिसरमा मतदान यतिबेला जारी सोमबार राति सुरु हुने भनिएको मतदान मंगलबार बिहानमात्र सुरु भएको हो

मतदानमा केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरेका छन कसलाई भेट हाल्ने कसलाई नहाल्ने भनेर सूची तयार गरेर ओली पक्षले वितरण गरेको हो यसअघि एमालेले महाधिवेशन प्यानल नबनाउने घोषणा गरेको थियो

अध्यक्ष, उपाध्यक्ष, सचिव केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान हुनेछ एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली भीम रावल प्रतिस्पर्धामा छन् वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे युवराज ज्ञवाली भिड्नेछन्

अर्कोतिर सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् ओलीको यो सूचीमा टोपबहादुर लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य टंक कार्कीले उम्मेदवारी दिएका छन्

उज्यालो नहुँदै मतदान प्रक्रिया सुरु भएको थियो बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरु आफ्नो मताधिकार प्रयोग गर्न लामबद्ध बनेका छन्  

 

सम्बन्धित समाचार