२०८३ बैशाख ६ गते , आईतबार
माओवादी केन्द्र भद्रपुरमा शिवकुमार
बिर्तामोड । नेकपा माओवादी केन्द्र भद्रपुर नगर अध्यक्षमा शिवकुमार राजभण्डारी चयन भएका छन ।
आज सम्पन्न नगर अधिवेशनबाट उपाध्यक्ष खुलामा ज्ञानबहादुर गिरी, महिला उपाध्यक्षमा कुमारी स्वर्णीका र समावेशी उपाध्यक्षमा मोहमद हजरत अली चयन भएका छन ।
त्यस्तै, सचिवमा हंशधर राजवंशी, सहसचिवमा चुडामणी (राजु) दाहाल र कोषाध्यक्षमा कल्पना राई मनोनित भएका छन ।
नेतृत्व सर्वसम्मत बनाउने कसरत भएका कारण अधिवेशन तीन दिनसम्म चलेको थियो । अधिवेशनले ६५ सदस्यीय नगर समिति चयन गरेको बताइएको छ ।