२०८३ बैशाख ६ गते , आईतबार

एमाले केन्द्रीय कमिटीमा झापाबाट १३ जना प्रस्तावित, दुर्गा प्रसाईँ अटाएनन

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १३ गते , सोमबार
एमाले केन्द्रीय कमिटीमा झापाबाट १३ जना प्रस्तावित, दुर्गा प्रसाईँ अटाएनन

बिर्तामोड चितवनमा जारी नेकपा एमालेको १०औं राष्ट्रीय महाधिवेशनको बन्द शत्रमा झापाका महिला सहित १३ जनाको नाम केन्द्रीय कमिटीका लागि प्रस्ताव गरिएको प्रस्तावित ३०१ सदस्यीय केन्द्रीय कमिटीमा दुर्गा प्रसाईँ अटाउन सकेनन् ।

केन्द्रीय कमिटी सदस्यमा प्रस्तावित झापाका महिला नेतृहरु सुनिता बराल, गीता अधिकारी, मीना उप्रेती मेनुका काफ्ले रहेका छन त्यस्तै अन्य नेताहरु देवराज घिमिरे, अग्नी खरेल, रबिन कोइराला, हिक्मत कार्की, देबेन्द्र दाहाल, रोमनाथ ओली, जीतबहादुर दर्जी, गोविन्द थापा हरी राजवंशी रहेका छन्

केहि समयदेखि केन्द्रीय सदस्य बन्ने चर्चा चलेका बिएण्डसी अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईँलाई भने ओलीले केन्द्रीय कमिटीमा समेट्न सकेनन् बिर्तामोडमा आयोजित एक कार्यक्रममा तामझामका साथ नेकपा एमाले प्रवेश गरेका दुर्गा प्रसाईँ यतिबेला खिन्न छन प्रसाईँ एमाले प्रवेश गर्नु अगावै एमालेको २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको विधान अधिवेशनमा सहभागी भएका थिए

नेताद्वय केपी ओली पुष्पकमल दाहाललाई काठमाण्डौमा मार्सी चामलको भात खुवाएको फोटो भाइरल बने राजनीतिक वृत्तमा चर्चामा आएका प्रसाईँ चितवनको महाधिवेशनमा पनि सेलिब्रेटी बनेका थिए प्रसाईँले केन्द्रीय सदस्यका लागि उम्मेदवारी समेत घोषणा गरिसकेका थिए तर, ओलीले वाचन गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा आफ्नो नाम नपरेपछि प्रसाईँ निरास बनेको बताइएको

सम्बन्धित समाचार