२०८३ बैशाख ६ गते , आईतबार

नेकपा एमाले महाधिवेशन : भिम रावलद्वारा अध्यक्षमा मनोनयन दर्ता

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १३ गते , सोमबार
नेकपा एमाले महाधिवेशन : भिम रावलद्वारा अध्यक्षमा मनोनयन दर्ता

चितवन नेकपा एमालेको जारी दशौँ महाधिवेशनबाट केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्ष बन्ने चाहनाप्रति असहमति जनाउँदै नेता भिम रावलले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन रावलले सोमबार बिहान अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन

महादेव बजगाईं प्रस्तावक दूधकला विष्टको समर्थनमा रावलले मनोनयन दर्ता गराएका हुन बजगाईं कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर हुन् भने विष्ट एमाले अछामकी नेता हुन्

ओलीले नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास भन्दै सूची पेस गरे पनि रावल घनश्याम भूसालले भने आपत्ति जनाएका थिए ओलीको आफूसहित १९ सदस्सीय पदाधिकारीको टिममा रावल भूसाललाई समेटिएको थिएन

अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो सोमबार बिहान मनोनयन दर्ताको कार्यक्रम चलिरहेको

अब अध्यक्ष ओलीले प्रस्ताव गरेको पदमा संख्या भन्दा बढी उम्मेदवार परे ती पदहरूमा चुनाव हुन्छ नेता घनश्याम भूसाल पनि सहमतिको प्रस्तावमा समेटिएका छैनन् त्यसैले उनले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् सम्भावना त्यसैले उपाध्यक्ष पदमा पनि निर्वाचन हुन्छ केन्द्रीय सदस्यहरूमा पनि धेरै आकांक्षीको नाम छुटेको त्यसैले ती पदमा पनि निर्वाचन हुने सम्भावना

एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिएको पार्टीभित्र भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरूको विरोधकाबीच अध्यक्ष ओलीले दिनभरको होमवर्कपछि प्रस्ताव ल्याएका हुन् इश्वर पोखरेल एमालेको दुई कार्यकाल महासचिव भएका थिए शंकर पोखरेल यसअघिको महाधिवेशनमा उपमहासचिवमा हारेका थिए एमाले सचिव भइसकेका छन उनी लुम्बनी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन

प्रस्ताव अनुसार जना उपाध्यक्षमा युवराज ज्ञवाली अष्टलक्ष्मी शाक्य सुरेन्द्र पाण्डे रामबहादुर थापा विष्णु पौडेल सुवास नेम्वाङ छन् त्यस्तै जना उपमहासचिवमा प्रदीप ज्ञवाली,पृथ्वीसुब्बा गुरुङ विष्णु रिमाल लाई प्रस्ताव गरिएको सात जना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट पद्मा अर्याल छन्

सहमतिका लागि ल्याएको प्रस्तावमा पूर्व माओवादी पक्षका रामबहादुर थापा उपाध्यक्ष सहित टोपबहादुर रायमाझी लेखराज भट्ट गरी जना परेका छन् वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्बाङ ईश्वर पोखरेल महासचिवमा विष्णु पौडेल शंकर पोखरेलमध्ये कसलाई बनाउने भन्नेबारे गलफत्ती परेको थियो दुवैजना ओलीका विश्वासपात्र भएकाले उनीहरूमध्ये पौडेल उपाध्यक्षमा पोखरेल महासचिवमा बस्न तयार भएका हुन्

 

सम्बन्धित समाचार