२०८३ आश्विन १६ गते , शुक्रबार

झापा गाउँपालिकामा भोलिदेखि पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १३ गते , सोमबार
झापा गाउँपालिकामा भोलिदेखि पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने

बिर्तामोड । झापाको झापा गाउँपालिकामा भोलि सोमवारदेखि क्रिकेट प्रतियोगिताको सुरु हुने भएको छ ।

गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुन लागेको आयोजक समितिका अध्यक्ष रोहित कर्णले जानकारी दिए । प्रतियोगिता झापा ७ स्थित जनकल्याण माविको खेल मैदानमा हुने उनले बताए ।

सगरमाथा युथ क्लब तथा वडा नम्बर ७ को संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा जिल्लाका १२ वटा टीमले भाग लिएको कर्णले जानकारी दिए । प्रतियोगिता मंसिर २३ गते सम्पन्न हुने आयोजकले बताएको छ । आयोजकका अनुसार प्रतियोगिता एलबीडब्ल्यु बाहेक आइसीसीको नियम बमोजिम खेलाइने छ । 

प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार, दोस्रो हुनेलाई २५ हजार नगद सहित ट्रफी साथै म्यान अफदी म्याच, प्लेअर अफदी टुर्नामेन्ट, वेस्ट वलर, वेस्ट व्याट्समेन्ट, वेस्ट किप्पर,वेस्ट फिल्डर, फेयर प्ले अवार्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार