२०८३ बैशाख ६ गते , आईतबार

प्रदेश १ मा भागबण्डा पुर्याउन मन्त्रालय फुटाउने तयारी

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १२ गते , आईतबार
प्रदेश १ मा भागबण्डा पुर्याउन मन्त्रालय फुटाउने तयारी

बिराटनगर गठबन्धन भित्रका दलबाट मन्त्रीको आकाङ्क्षी धेरै भएपछि प्रदेश सरकारले मन्त्रालय फुटाउने तयारी गरेको जसका लागि आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाएको

कार्यदलका अन्य सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मुख्यमन्त्री कार्यालयका कानुन सचिव रहेका छन कार्यदलले अन्य प्रदेशको मन्त्रालयको अवस्था हेरेर मन्त्रालय विभाजन गर्ने बताएको कार्यदलका संयोजकसमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले अन्य प्रदेशको अभ्यासलाई अध्ययन गरेर मन्त्रालय विभाजन गर्ने तयारी रहेको बताए कार्यदलले अध्ययन गरेर एउटा प्रतिवेदन तयार गर्नेछ,’ उनले भने, ‘प्रतिवेदनका आधारमा मन्त्रालयको क्षेत्राधिकार तय हुनेछ

हाल प्रदेश मा सातवटा मन्त्रालय छन जसमध्ये दुई मन्त्रालय उद्योग, पर्यटन, वन तथा वातावरण भूमि व्यवस्था पूर्वाधार विकास मन्त्रालय मन्त्रीविहीन रहेका छन पाँच दलीय गठबन्धनका तर्फबाट गत कार्तिक १६ गत नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, काँग्रेसबाट भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की तथा जसपाबाट सामाजिक विकास मन्त्री जयराम यादव मन्त्री बनेका छन सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट विष्णु तुम्बाहाम्फ सामाजिक विकास राज्यमन्त्रीे बनेकी छिन प्रदेश सरकारले यही साताभित्र सरकार बिस्तारको योजना बनाएको

प्रदेशमा काँग्रेसले , माओवादी केन्द्रले , नेकपा एसले मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेका छन मन्त्रालय बढीमा ११ वटा सम्म बनाउने आकाङ्क्षी बढी भएका कारण राज्यमन्त्रीको सङ्ख्या थप गर्ने सत्ता पक्षको तयारी सरकारले भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाउने योजना अघि सारेको

सरकार गठन भएपश्चात नै मन्त्रालय फुटाउने तयारी शुरु भएको एक मन्त्रीले खुलासा गरेका थिए सोहि योजना अनुसार कार्यदल गठन गरिएको बुझिएको

सम्बन्धित समाचार