२०८३ बैशाख ६ गते , आईतबार

नेपाली कांग्रेस झापाको सभापतिमा देउकुमार थेवे निर्वाचित

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १२ गते , आईतबार
नेपाली कांग्रेस झापाको सभापतिमा देउकुमार थेवे निर्वाचित

बिर्तामोड नेपाली कांग्रेस झापाको सभापतिमा देउकुमार थेवे निर्वाचित भएका छन पार्टीको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबार भएको जिल्ला अधिवेशनबाट थेवे निर्वाचित भएका हुन

थेवेले २५० मतान्तरले  सभापति पदका उम्मेदवार रामबहादुर कट्टेललाई पराजित गरेका हुन थेबेले १७६५ कट्टेलले १५१५ मत प्राप्त गरे उपसभापतिमा केशवराज पाण्डे १८८९ शेरबहादुर भट्टराई १६७४ मत सहित विजयी भएका छन अत्य उम्मेदवारहरु प्रेम सम्बाहाम्फेले १४१५ शमसेर गिरीले १२२१ मत प्राप्त गरे

त्यस्तै सचिवमा नविन विमली १८३८ कृष्ण हुमागाई १६७६ मत सहित निर्वाचित भएका छन भने अन्य उम्मेदवारहरु विश्वदिप लिङदेनले १४३१ टोमलाल राजवंशीले १३२१ मत प्राप्त गरेका थिए

सहसचिवमा कालेन्द्र राजवंशीले १७६५ कमलप्रसाद भण्डारीले १६६० मत ल्याएर विजयी बने भने अन्य उम्मेदवारहरु उमाराम प्रसाईले १३३७ पदम लिम्बुले १३४७ मत प्राप्त गरे

शुक्रबार सम्पन्न मतदानमा ३३११ मत खसेको थियो     

सम्बन्धित समाचार