२०८३ बैशाख ६ गते , आईतबार

बिरिङ पुलमा बस दुर्घटनाहुँदा १ को मृत्यु २२ जना घाइते (नामावली सहित)

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १२ गते , आईतबार
बिरिङ पुलमा बस दुर्घटनाहुँदा १ को मृत्यु २२ जना घाइते (नामावली सहित)

बिर्तामोड पूर्व पश्चिम राजमार्गअन्तर्गत आइतबार झापाको कनकाई नगरपालिका वडा नम्बर स्थित बिरिङ पुलमा बस दुर्घटनाहुँदा २३ जना घाइते भएका छन पूर्वबाट पश्चिम जाँदै गरेको ना ८०४१ नम्बरको बस पत्ति भाँचिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष आचार्यले जानकारी दिए

पत्ति भाँचिएर अनियन्त्रित भएको बस पुलको रेलिङमा ठोक्किएको थियो बस हाल दुर्घटनास्थल मै रहेको बसका चालक सुनसरी बराहक्षेत्र नगरपालिका बस्ने बर्ष ३२ को बाबुराम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए दुर्घटनाबाट घाइतेहरु माइ नगरपालिका इलामकी ३४ बर्षीया विमला लिम्बु, सोहि ठाउँकी ४९ बर्षीया रत्नमाया राई, सोहि स्थानकी ३७ बर्षीया कमला शेर्पा, सोहि स्थानकी बर्षीया ईसु शेर्पा, कनकाई बस्ने २८ बर्षीया दिपा गिरी, सुनसरी बराहक्षेत्र नगरपालिका बस्ने ३७ बर्षीया निशा चौहान, पथरी शनिश्चरे मोरङ नगरपालिका की ६० बर्षीया मनमाया श्रेष्ठ, सोहि ठाउँ बस्ने ३५ बर्षीय डिकबहादुर श्रेष्ठ, सोहि ठाउँ बस्ने ४० बर्षीया अम्बिका श्रेष्ठ, बुद्धशान्ति ४ झापा बस्ने ६० बर्षीय नरबहादुर दर्जी दर्जीकी श्रीमती ५८ बर्षीया डम्बरकुमारी दर्जीको बिएण्डसी अस्पतालमा उपचार भईरहेको डिएसपी आचार्यले जानकारी दिए उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ

कनकाई ७ बस्ने बर्ष १७ को उत्सव पौडेलको उपचारको क्रममा करिब बजेर ३० मिनेटमा मृत्यु भएको उनको शव बिएण्डसी अस्पतालमा नै रहेको आचार्यले बताए । पौडेल देवी मावि बिर्तामोडका कक्षा ११ को विद्यार्थी भएको उनले बताए ।

त्यस्तै, अर्जुनधारा ११ की ३८ बर्षीया शुसिला चापागाई, बिर्तामोड की ४१ बर्षीया पवित्रा खतिवडा, भारत सिलिगुडीका ४७ बर्षीय बब्लु बर्मन, सोहि ठाउँका ३३ बर्षीया मालती बर्मन, शिवसताक्षी १० का २४ बर्षीया जानुका श्रेष्ठ, माइ नगरपालिका की १७ बर्षीया तनुजा लिम्बु, भारत आसाम बस्ने २८ बर्षीया इन्दिरा गिरी, सोहि ठाउँ बस्ने २१ बर्षीया बिन्दु गिरी, अर्जुनधारा बस्ने ४८ बर्षीय कृष्ण अधिकारी, बसका सहचालक सुनसरी रामधुनी  नगरपालिका बस्ने २५ बर्षीय करण चौधरी बसका सहचालक सुनसरी बराहक्षेत्र नगरपालिका बस्ने २४ बर्षीय रमेश कार्कीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार