२०८३ आश्विन १६ गते , शुक्रबार

कोशी नदीमा हाम फालेका दमकका नेपालको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १२ गते , आईतबार
कोशी नदीमा हाम फालेका दमकका नेपालको मृत्यु

सप्तरी । शनिबार कोशी नदीमा हाम फाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने झापा दमक नगरपालिका ६ का सुवास नेपाल रहेको प्रहरीले जनाएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेजको ५२ नम्बरको ढोकाबाट हाम फालेका नेपाल स्वाथ्यकर्मी भएको प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेका अनुसार नदीमा उनी हामफालेको ठाउँदेखि केही पर शव भेटिएको हो ।

स्वास्थ्यकर्मी नेपाल जिल्ला जनस्वास्थ कार्यालय मोरङमा कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार