२०८३ बैशाख ६ गते , आईतबार

नेपाली कांग्रेस इलामको सभापतिमा डम्बर खड्का निर्वाचित

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ११ गते , शनिबार
नेपाली कांग्रेस इलामको सभापतिमा डम्बर खड्का निर्वाचित

बिर्तामोड । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको जिल्ला अधिवेशनबाट इलाम जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन । खड्काले १६० मत अन्तरले भेषराज आचार्यलाई पराजित गरेका हुन ।

सभापति खड्काले ९३५ मत ल्याएर बिजयी भने सभापति पदका अर्का उम्मेदवार आचार्यले ७७५ मत ल्याएका थिए । उपसभापतिमा खगेन्द्र देवान ८७४ र बिष्णुकुमारी दाहाल लिम्बु ७७८ मत ल्याएर बिजयी बने । उपसभापति पदका अन्य उम्मेदवारहरु केदार थापाल ७४७ र होम दुलालले ६९९ मत मात्र ल्याएका थिए । सचिवमा पूर्ण गौतमले ८१९ र निरोज खड्गीले ७९३ मत ल्याएर विजयी बने । अन्य उम्मेदवारहरु हुकुम थेवे ७१५ र हेमकुमार (विष्णु) कार्कीले ७२२ मत ल्याएका थिए । सहसचिवमा डालाकुमारी कार्की ८६५ र देवेन्द्रकुमार सुवेदी ७८१ मत ल्याएर विजयी बने । अन्य उम्मेदवारहरु चक्र (अभिषेक) एक्तेनले ६५६ र प्रविना राईले ६३४ मत मात्र ल्याएका थिए ।

खड्का हिमालय कर्माचार्य र केशव थापा समूह समेतको प्यानल बनाएर सभापतिमा चुनाव लडेका थिए । इलाममा जम्मा हजारमा ८७२ मतदातामध्ये हजार ७२६ मत खसेको थियो

सम्बन्धित समाचार