आज माओवादी केन्द्रको पालिका अधिवेशन हुँदै, झापाको १० वटा पालिकामा आज हुने
बिर्तामोड । आज नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले देशभरका अधिकांश पालिकाको अधिवेशन गर्दैछ । पालिका अधिवेशन अन्तर्गत झापाको १० वटा पालिका अधिवेशन आज हुने पार्टीले जनाएको छ ।
पार्टीको निर्णय अनुसार आज झापाको दमक, कमल, कन्काई, शिवसताक्षी, झापा, भद्रपुर, कचनकवल, मेची, बाह्रदशी र बुद्धशान्तिमा आज पालिका अधिवेशन हुन लागेको पार्टीका झापा इञ्चार्ज धर्मशिला चापागाईँले जानकारी दिइन् । बाँकी अन्य पालिकाहरुको क्रमशः १७ गतेसम्ममा सम्पन्न गरिने पार्टीका झापा संयोजक मणिकुमार साम्पाङ (विजय) ले जानकारी दिए । उनका अनुसार बिर्तामोडको अधिवेशन १३ गते हुनेछ ।
सवै पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन हुने संयोजक साम्पाङले बताए । झापामा १३ हजारवढी पार्टी सदस्य रहेका छन । पार्टीको नगर तथा गाउँपालिकामा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना सचिव, एक जना सहसचिव र एक जना कोषाध्यक्षसहित नगरमा ६५ र गाउँपालिका ५५ सदस्यीय नेतृत्व चयन हुनेछ ।
पार्टीले मंसिर ४ गते वडा अधिवेशन सम्पन्न गरेको थियो भने नगर तथा गाउँपालिकाको अधिवेशन आज हुँदैछ । पार्टीको राष्ट्रिय महाधिवेशन पुस ११, १२ र १३ गते चितवनमा हुँदैछ ।