नेपाली कांग्रेसको मत गणना जारी, झापामा कट्टेल र इलाममा खड्का अगाडी
बिर्तामोड । नेपाली कांग्रेस झापाको शुक्रबार सम्पन्न जिल्ला अधिवेशनको मत गणना जारी छ । झापामा ९०० मतगणना हुँदा सभापति पदका उम्मेद्वार राम कट्टेलको प्यानलको फराकिलो अग्रता जारी छ ।
पछिल्लो परिणाम अनुसार सभापतिका उम्मेद्वार कट्टेलले ५४३ मत र अर्का उम्मेद्वार देउमान थेबेले ३५० मत प्राप्त गरेका छन ।
यसैगरी, उपसभापतिमा प्रेम सम्बाहाम्फे र केशवराज पाण्डेले अग्रता लिएका छन । सम्बाहाम्फेले ५१५ र पाण्डेले ४१२ मत प्राप्त गरेका छन ।
उपसभापतिका अरु उम्मेद्वार शमशेर गिरीले ३८० र शेरबहादुर भट्टराईले ३५३ मत पाएका छन ।
सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन । लिङ्देनले ५७१ र राजबंशीले ४८१ मत पाएका छन ।
सचिवका उम्मेद्वार नविन बिमलीले ३५१ र कृष्ण हुमागाईले २९३ मत पाएका छन ।
त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन । लिम्बुले ५५१ र प्रसाईले ४८३ मत पाएका छन ।
यता, इलाममा ६०० मतगणना हुँदा डम्बर खड्काको अग्रता कायम छ । खड्काले ३२७ पाएका छन् । उपसभापतिमा खगेन्द्र देवान र विष्णुकुमारी दाहाल लिम्बुले अग्रता लिएका छन । देवानको ३११ र लिम्बुको २७३ छ । अन्य उम्मेदवारहरु केदार थापाले २५२ र होम दुलालले २६० मत प्राप्त गरेका छन् । सचिवमा निरोज खड्गी र पूर्ण गौतमले अग्रता कायम गरेका छन् । खड्गीको २७१ र गौतमको ३१५ मत प्राप्त गरेका छन । अन्य उम्मेदवारहरु हुकुमलाल थेवेले २३५ हेमकुमार (विष्णु) कार्कीले २५२ मत प्राप्त गरेका छन । सहसचिवमा डालाकुमारी कार्की ३०६ र देवेन्द्रकुमार सुवेदी २७८ मतका साथ अगाडी छन । अन्य उम्मेदवारहरु प्रविना राईले २०८ र चक्र (अभिषेक) एक्तेनले २३६ मत प्राप्त गरेका छन ।
इलाममा जम्मा १ हजारमा ८७२ मतदातामध्ये १ हजार ७२६ मत खसेको थियो ।