इलामको कांग्रेस राजनीति नयाँ मोडमा, खड्का कर्माचार्य एक ठाउँमा
बिर्तामोड । नेपाली कांग्रेस इलामको राजनीतिमा नयाँ मोड आएको छ । प्रदेश अधिवेशनबाट राजनीतिले नयाँ मोड लिएको हो ।
कांग्रेस इलामको नेतृत्वमा तीनजनाको नाम चर्चामा रहेको थियो । निवर्तमान सभापति हिमालय कर्माचार्य, कोषाध्यक्ष डम्बर खड्का र महासमिति सदस्य भेषराज आचार्यले प्यानल नै बनाएर चुनाव प्रचारप्रसार गरेका थिए । तर, जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा हिमालय कर्माचार्य नेतृत्वको आकांक्षीबाट एकाएक व्याक भए । त्रिकोणात्मक प्रतिष्पर्धा अन्ततः दुई प्यानलमा सिमित भयो । हिमालय कर्माचार्यको प्यानललाई डम्बर खड्काको प्यानलमा लगेर समायोजन गरियो । दुईवटा प्यानललाई एउटै प्यानल बनाउनु पर्दा निकै सकस भएको नेताहरु बताउँछन । खड्का प्यानलमा नआँटेका केहि नेताभने आचार्य प्यानलमा गएका थिए । चुनावको मुखमा एकाएक व्याक भएपछि कर्माचार्य पक्षका नेताहरु कर्माचार्यसँग असन्तुष्ट बनेको बताइएको छ । कर्माचार्य प्यानलका उम्मेदवारलाई समेत स्थान दिनुपर्ने भएपछि खड्का प्यानलका राम्रा उम्मेदवारलाई व्याक गराइएको थियो ।
खड्का, कर्माचार्य र केशव थापा एक ठाउँमा उभिएका छन् भने भेषराज आचार्य एक ठाउँमा उभिएका छन् । डम्बर खड्काको प्यानलमा उपसभापतिमा हिमाल निकट केदार थापा र केशव थापा निकट होम दुलाल, सचिवमा हिमाल निकट निरोज खड्गी र हुकुमलाल थेवे छन । सहसचिवमा डालाकुमारी कार्की र प्रविना राई मैदानमा छन ।
यता, भेषराज प्यानलमा उपसभापतिमा खगेन्द्र देवान र विष्णुकुमारी दाहाल लिम्बु, सचिवमा पूर्ण गौतम र हेमकुमार -विष्णु_ कार्की, सहसचिवमा चक्र -अभिषेक_ एक्तेन र हिमाल निकट देवेन्द्रकुमार सुवेदी रहेका छन ।
इलाममा कांग्रेसको एक हजार ८७२ सदस्य रहेको र करिब १७ सय मतदाता मतदानस्थलमा आएको बताइएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा भएको मतदानस्थलमा बेलुका ८ बजेसम्मपनि मतदान भइरहेको मतदान स्थलमा रहेका शिव खनालले जानकारी दिए । अझै दुई सय हाराहारी मतदाताले मतदान गर्न बाँकी रहेको उनले बताए ।