२०८३ बैशाख ६ गते , आईतबार

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदै

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १० गते , शुक्रबार
एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदै

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ अधिवेशनका लागि अधिकांश नेता तथा कार्यकर्ता चितवन पुगिसकेका छन

अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ उद्घाटन समारोहका लागि ९० लाख बढी रकम खर्चेर मञ्च लगायतको व्यवस्थापन गरिएको महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको उक्त दिन उम्मेदवारी फिर्ता लिने बेलुकी बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम मंसिर १२ गते मतदान प्रक्रिया हुने

महाधिवेशनमा देशभरबाट दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी प्रवासबाट प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन् महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् एमालेका सल्लाहकार १५ जना पाका पुराना नेता पर्यवेक्षक रहनेछन् कुल प्रतिनिधिमा ६२७ जना महिला   २०९ जना दलित छन   महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ

एमालेको विदेश मामिला प्रमुख तथा महाधिवेशनका अतिथि सत्कार समितिका संयोजक डा। राजन भट्टराईले काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा देशका १५ जना अतिथि महाधिवेशनमा सहभागी हुने जानकारी दिए महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् चिनियाँ कम्युनिष्ट पार्टीको भने भिडियो सन्देश आएको भट्टराईका अनुसार भारतबाट जना, कम्बोडियाबाट जना, बंगलादेशबाट जना श्रीलंकाबाट जना अतिथि महाधिवेशनमा सहभागी हुनेछन् काठमाडौं आइपुगेका केही अतिथिलाई उनले सोल्टी होटलमा रात्रीभोजको समेत आयोजना गरेका छन् ती अतिथिहरूले उद्घाटन सत्रका दिन शुभकामना दिनेछन् भने मंसिर १२ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुसँग संयुक्त रुपमा ब्रेकफास्ट मिटिङ गर्ने कार्यक्रम तय भएको विदेशी पाहुनाहरूलाई चितवनको ग्रीन मेनसन जंगल रिसोर्टमा बसोबासको व्यवस्था मिलाइएको उनीहरुलाई चितवनका पर्यटकीय स्थलहरूको दृश्यावलोकनका साथै थारु साँस्कृतिक प्रदर्शनीको अवलोकनको पनि कार्यक्रम राखिएको   यसैबीच एमाले महाधिवेशनका लागि विश्वका १५ देशमा कम्युनिष्ट पार्टीहरुले शुभकामना सन्देश पठाएका छन

एमाले उद्घाटन सत्रमा मानव समुद्र उर्लिने एमालेले दाबी गरेको पार्टीले सभामा लाख जनाको सहभागिता हुने अपेक्षा गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार उद्घाटनअघि नवलपुरको गैँडाकोटसहित चितवनका विभिन्न स्थानबाट जुलुस निस्कनेछ चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइनेछ नारायणी नदी पारी नवलपुरको गैंडाकोट नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिएका छन चितवनवासीको घरघरमा पुगेर महाधिवेशनमा आउन निम्तो गरिएको उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको बताइएको

 

सम्बन्धित समाचार