२०८३ बैशाख ६ गते , आईतबार

प्रविधिमैत्री शिक्षक समाज इनपाको अध्यक्षमा निर्मल तिम्सिना

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ९ गते , विहीबार
प्रविधिमैत्री शिक्षक समाज इनपाको अध्यक्षमा निर्मल तिम्सिना

इलाम प्रविधिमैत्री शिक्षक समाज इलाम नगर समितिको अध्यक्षमा निर्मल तिम्सिना चयन भएका छन वुधबार भर्चुअल माध्यमबाट भएको नगर भेलाले नेपालटार माविका शिक्षक तिम्सिनाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको

समितिका उपाध्यक्षमा तिर्थराज दुलाल, सचिव सञ्जिलबल तामाङ, सहसचिव लिलादेवी -मुना_ गदाल, कोषाध्यक्ष लेखराज कटुवाल, सदस्यहरु सुरेस लिम्बु, डिल्ली खत्री, गोमा रिजाल, सुदर्शन शर्मा ढुङ्गाना, देविका तिम्सिना, दिलिपकुमार राई, खड्गकुमारी सापकोटा तेजप्रसाद भण्डारी चयन भएका छन

विद्यार्थीलाई प्रविधिको माध्यमबाट शिक्षा दिनका लागि शिक्षक प्रविधिमा अभ्यस्त हुनुका साथै विद्यालय प्रविधिमैत्री हुनुपर्छ भन्ने अवधारणाका साथ केन्द्रबाटै समाज गठनको प्रक्रिया अगाडी बढेको अध्यक्ष तिम्सिनाले जानकारी दिए  प्रविधिको माध्यमबाट शिक्षा दिनु आजको आवश्यकता भएको प्रविधिको माध्यमबाट उत्पादित जनशक्ति अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउन सकिने भएकाले प्रविधिको प्रयोगमा समाजले जोड दिँदै आएको उनको भनाइ

इलाममा पालिकास्तरमा नै समाज गठन प्रक्रिया तिब्र अगाडी बढेको उनले बताए रोङ गाउँपालिकामा भुपाल खड्का सूर्योदय नगरपालिकामा रचना देवानको अध्यक्षतामा यस अघिनै समाज गठन भइसकेको   

सम्बन्धित समाचार