२०८३ बैशाख ६ गते , आईतबार

प्रेस सेन्टर प्रदेश १ को अध्यक्षमा विनोद घिमिरे

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ८ गते , बुधबार
प्रेस सेन्टर प्रदेश १ को अध्यक्षमा विनोद घिमिरे

बिराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ को अध्यक्षमा विनोद घिमिरे चयन भएका छन । मङ्गलबार राती बिराटनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट घिमिरे अध्यक्षमा चयन भएका हुन ।

समितिको वरिष्ठ उपाध्यक्ष नवराज कट्टेल, खुला उपाध्यक्ष  डण्डिराज घिमिरे (विवेक), समाबेशी उपाध्यक्ष राजन राई, प्रमुख सचिव सुजन तिम्सिना, खुला सचिव गजेन्द्र राई, विदुर कटुवाल र विशाल राई, जनजाती सचिव घनेन्द्र केरुङ्ग, महिला सचिव शर्मिला बिक, चिरञ्जीवी घिमिरे दलित सचिव, प्रमोद यादव मधेसी सचिव र कोषाध्यक्ष गोकुल पराजुली चयन भएका छन ।

त्यस्तै लेखा समिती संयोजक सुरेश कार्की र सदस्यहरु रश्मी प्रधान र मोहन भट्टराई, अनुशासमिती संयोजक इश्वर थापा र सदस्यहरु आइपी भट्टराई र सबिना पाण्डे मनोनित भएका छन ।

अधिवेशनबाट ४१ जना कार्यसमिति सदस्य चयन गरेको छ । सदस्यहरु धनकुमार राई (मिलन), अप्सरा समाल, गोपाल कामत, विनु तिम्सिना, गंगा राई, लिलाराज झापाली, किसन शाही, सत्यनारायण शर्मा, गणेश तिम्सिना, जनक ढकाल, थिरलाल बिश्वकर्मा, राजेश पराजुली, डिकेश लामा, संगिता राई, सुजाता लिम्बु, एलिना दियाली, सुजाता लिम्बु, ब्रम्हलाल हजारी, डाकमान राई, प्रेरणा राई, कृष्णजित राई, अनिता लिम्बु, विरबहादुर लिम्बु, सविना पाण्डे, रामचन्द्र बम्जन, गोविन्द बस्नेत, संजय याक्खा, राजु पाठक र दिपक कट्टेल चयन भएका छन् ।

कार्यक्रमले बिराटनगर घोषणा पत्रसमेत जारी गरेको छ ।

 

सम्बन्धित समाचार