२०८३ बैशाख ५ गते , शनिबार
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ४ मा साह विजयी
बिर्तामोड । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार भएको क्षेत्रीय अधिवेनबाट झापा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा जयनारायण साह विजयी बनेका छन् ।
नारायण बजगाईंलाई पछि पार्दै साह तेस्रो पटक क्षेत्रीय सभापती पदमा विजयी भएका हुन् । साह झापा गाउँपालिकाका अध्यक्षसमेत हुन् ।
साहले ४६४ मत ल्याए भने बजगाईंले २७४ मत प्राप्त गरे ।
त्यस्तै, क्षेत्रीय सचिवमा रुपनारायण खतिवडा ३१७ र सुमन काफ्ले ३०८ मत ल्याई विजयी भएका छन् । सह-सचिवमा इन्द्रप्रसाद प्रसाईं र कोषराज पौडेल विजयी भएका छन् । प्रसाईले ४७८ मत ल्याए भने पौडेलले ३४४ मत ल्याए ।