नेफ्स्कूनको सिइओमा इलामका पोखरेल नियुक्त
बिर्तामोड । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ -नेफ्स्कून_ को प्रमुख कार्यकारी अधिकृत -सिईओ_ मा प्रकाश पोखरेल नियुक्त भएका छन् । आज एक कार्यक्रमको बीच पोखरेललाई नेफ्स्कून बोर्डले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
पोखरेललाई नेफ्स्कूनको ३००औं बोर्ड बैठकले सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष परितोष पौड्याल, सञ्चालकहरु रिना आचार्य, यज्ञ प्रसाद ढकाल, घनश्याम अधिकारी, न्हुछे नारायण श्रेष्ठ र मन्दरा मिश्र समेतको उपस्थितिमा एक कार्यक्रमका बीच पोखरेललाई नियुक्तिको पत्र हस्तान्तरण गरिएको छ ।
२०७६ साल असार १ गते नायब प्रमुख कार्यकारी पदबाट नेफ्स्कून प्रवेश गरेका पोखरेल २०७७ साउन १ गतेदेखि कायममुकायम प्रमुख कार्यकारी पदमा कार्यरत रहेका थिए । यस अघि विभिन्न गैरसरकारी संस्थाहरुमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका पोखरेल इलाम नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा हुन ।