२०८३ आश्विन १७ गते , शनिबार

आज नेकपा माओवादी केन्द्रको वडा अधिवेशन

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ५ गते , आईतबार
आज नेकपा माओवादी केन्द्रको वडा अधिवेशन

बिर्तामोड । नेकपा माओवादी केन्द्रले आज एकै दिन ६ हजार ७४३ वडामा नेतृत्व चयन गरेको छ । आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलन अन्तर्गत शनिबार वडा अधिवेशन सम्पन्न गरेको हो ।

पार्टीले केन्द्र बाहेकमा तीन चरणमा सम्मेलन गर्ने निर्णय गरेको छ । वडा सम्मेलनपछि यही मंसिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका तीन लाख कार्यकर्ताले कम्तीमा एउटा पदीय जिम्मेवारी पाउनेछन भने आठ हजारभन्दा धेरै समिति गठन हुनेछन ।

वडादेखि केन्द्रसम्म सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने योजनाअनुसार बनेको केन्द्रीय निर्वाचन आयोगले ७७ जिल्ला तथा सातवटा प्रदेशमा निर्वाचन समिति बनाएर आफ्नो काम गरिरहेको छ ।

यता मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको बजार क्षेत्र रहेको वडा नम्बर ४ को अध्यक्षमा पुनः गोपीकृष्ण अधिकारी चयन भएका छन् ।

आज भएको अधिवेशनले २९ सदस्यीय  वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा धनसिंह राजबंशी, सचिबमा राकेशकुमार सिंह, सह–सचिबमा प्रज्वल कडरिया र कोषाध्यक्षमा शारदा कडरिया चयन भएको पार्टीका झापा सचिवालय सदस्य बासु दुलाले जानकारी दिए ।

त्यसैगरी सदस्यहरुमा अर्जुनकुमार सुवेदी, गोबिन्द राजवंशी, बिक्रम राई, सिताराम गौतम, खेमनाथ अधिकारी, टीका भट्टराई, इन्द्र कट्टेल खवास, बिष्णुप्रसाद संग्रौला, राजन बिश्वकर्मा, दिनेश घतानी (बिक), टेकबहादुर सापकोटा, हिराकाजी थापा, शशीधर भट्टराई, सुरेशकुमार बस्नेत, अमित पाठक, सुरेश राजवंशी, देबीप्रसाद नेम्वाङ, नम्रता शाशंखर, रञ्जिता जबेगु, भुमिकादेबी उप्रेती, श्यामकुमारी मिश्र (बास्कोटा) निर्मला कट्टेल र लक्षिमा दर्नाल चयन भएका छन् ।

नव निर्वाचित समितिको पहिलो बैठकले एकजना सदस्य मनोनित गर्ने जनाइएको छ ।

सम्बन्धित समाचार