२०८३ आश्विन १६ गते , शुक्रबार

जन्मोत्सवको अवसरमा पत्रकार ढकालद्वारा सहयोग प्रदान

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ३ गते , शुक्रबार
जन्मोत्सवको अवसरमा पत्रकार ढकालद्वारा सहयोग प्रदान

बिर्तामोड । आफ्नो जन्मदिनको अवसरमा झापाली पत्रकार नरेन्द्र ढकालले  पत्रकार सहारा उपचार कोषलाई सहयोग गरेका छन । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको कोषमा ढकालले २५ हजार २५ रुपैयाँ प्रदान गरेका हुन ।

पूर्वाञ्चल दैनिकको अनलाइन संस्करणका समाचार संयोजक  ढकालले उपचार कोषका लागि उक्त रकम प्रदान गरेका हुन । झापाली संञ्चारकर्मीहरुको उपचारका निम्ती स्थापित कोषमा रकम प्रदान गर्न पाउँदा पत्रकार ढकालले खुशी व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष केशव भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का सदस्य सुरेन्द्र भण्डारी, समाजवादी प्रेस संगठनका नेता अनिलदेव राईलाई पत्रकार ढकालले  रकम हस्तान्तरण गरे ।

पत्रकार उपचार कोषमा हालसम्म ४७ लाख रुपैयाँ जम्मा भइसकेको जनाउँदै पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष भट्टराईले कोषको रकम एक करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको बताए ।

सञ्चारकर्मीसँगै अन्य दाताहरुले समेत यो कोषमा रकम सहयोग गर्दै आएका छन् । अक्षय कोषका रुपमा रहेको यो रकमको व्याजबाट पत्रकारहरु घाइते वा विरामी भएमा उपचार खर्च दिइँदै आएको छ ।  

सम्बन्धित समाचार