२०८३ बैशाख ५ गते , शनिबार

नोबेल हस्पिटल शिक्षा तथा स्वास्थ्य क्षेत्रको उत्कृष्ट करदाताको रुपमा सम्मानित

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २ गते , विहीबार
नोबेल हस्पिटल शिक्षा तथा स्वास्थ्य क्षेत्रको उत्कृष्ट करदाताको रुपमा सम्मानित

विराटनगर स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट देशमा सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यो बर्ष सम्मानित भएको आर्थिक बर्ष २०७६/०७७ मा स्वास्थ्य शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो
१० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित समारोहकाबीच आन्तरिक राजश्व विभागले नोबेललाई सम्मान गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा अर्थसचिब मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा भोगेन्द्र प्रसाद उपाध्यायलाई माला खादा लगाएर सम्मानपत्र प्रदान गरी सम्मानित गरे  
योसँगै नोबेल स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट दुई पटक मुलुकको उत्कृष्ट करदाता बनेको यसअघि आर्थिक वर्ष २०७३/०७४ मा पनि मुलुककै सबैभन्दा बढी आयकर तिरेर नोबेल सातौं कर दिवसमा पुरस्कृत भएको थियो

सम्बन्धित समाचार